सही खबर, सही समयमा

छठपर्वको अवसरमा निःशुल्क कपडा वितरण

ई-दैनिक जागरण
२०८२ कार्तिक ७, शुक्रबार १९:२६
वीरगंज ७ कात्तिक । छठ पर्वको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा ११ सय थान कपडा निःशुल्क वितरण गरेको छ। शुक्रवार कार्यक्रमका प्रमुख अतिथी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले बिपन्न वर्गलाई छठ पर्वको अवसरमा कपडा वितरण गर्न पाउँदा खुशी लागेको बताए । वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा गौरी गुप्ता, हुकुम सिंह राजपुत, सतिष सिंह राजपुत, रूपशिला जैसवाल, महादेव कुर्मी, घण्टाघर प्रहरी पोष्टका प्रमुख असई राम बिनोद झा, बैंकका निवर्तमान अध्यक्ष रम्भा मिश्रा, उपाध्यक्ष मोनिका सिंह लगायतले नयाँ तथा पुराना कपडा वितरण गरेको कोषाध्यक्ष मनोज मिश्राले जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?