सही खबर, सही समयमा

मधेश प्रदेश सरकारद्वारा छठपर्वको बिदा थप

ई-दैनिक जागरण
२०८२ कार्तिक ७, शुक्रबार १९:४०
वीरगंज, ७ कात्तिक/ मधेस प्रदेश सरकारले छठ पर्वको पारनका दिन ११ गते पनि सार्बजनिक बिदा दिने निर्णय गरेको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रवार जारी गरेको सूचनामा कात्तिक ११ गते मंगलवारका दिन छठ पर्बको भोलिपल्ट मधेस प्रदेशमा सार्बजनिक बिदा निर्णय भएको व्यहोरा सबैमा जानकारी गराइएको उल्लेख छ । मन्त्रालयका उपसचिव गणेश नायकद्वारा जारी विज्ञप्ति अनुसार यो निर्णय २०८१ चैत २२ गते प्रकाशित प्रदेश राजपत्रमा समावेश ‘२०८२ सालका थप बिदा सम्बन्धी सूचना’को आधारमा गरिएको हो । छठ पर्वमा परम्परागत रूपमा अस्ताउँदो र उदाउँदो सूर्य दुबै दिन बिदा दिनुपर्ने माग नागरिकस्तरमा बढिरहेको बेला प्रदेश सरकारले यसपटक त्यो मागलाई आंशिक रूपमा सम्बोधन गरेको जनाएको छ। यस निर्णयसँगै मंगलवार प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा अन्य निकायहरू बन्द रहने छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?