सही खबर, सही समयमा

आधिकारिकता विनाको कुनै सामानहरू खरिद नगर्न  जिप्रका, पर्साको अनुरोध

ई-दैनिक जागरण
२०८२ कार्तिक २३, आईतवार २०:३९
वीरगंज, २३ कार्तिक ।  नक्कली भ्याटबिल बनाई ठगी गर्ने घटना बढेपछि पर्सा प्रहरी सक्रिय भएको छ । आइतवार जिल्ला प्रहरी कार्यालय, पर्साले विज्ञप्ति जारी गरी केहि दिन यता सामाजिक सञ्जाल मार्फत विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको बिल बिजक नक्कली बनाई त्यस्ता विल विजक मार्फत विभिन्न व्यापारिक समूहबाट ठुलो मात्रामा सामानहरू (सिमेन्ट, छड, मदिरा, मोटरपार्टस आदी) खरिद गरि ठगी गर्ने गरिएको घटनाहरू आइरहेको हुँदा कुनै पनि व्यापारिक कारोवारहरू गर्दा यकिन भएपश्चात मात्र गर्नु हुन अनुरोध गरेको छ ।
 साथै आधिकारिकता विनाको कुनै सामानहरू खरिद नगर्न तथा खरीद गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?