स्वास्थ्य कार्यालय पर्साद्वारा वार्षिक समीक्षा गोष्ठीको पहिलो दिन भव्य रूपमा सम्पन्न
वीरगंज, ३० कार्तिक । स्वास्थ्य कार्यालय पर्साद्वारा आयोजित दुई दिने वार्षिक समीक्षा गोष्ठीको पहिलो दिन आइतबार वीरगंजस्थित क्लासिक ब्यान्क्वेट होटलमा भव्य रूपमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१-८२ का स्वास्थ्य कार्यक्रमहरूको प्रगति, चुनौती तथा आगामी सुधारका उपायबारे विस्तृत समीक्षा गर्ने उद्देश्यले गोष्ठी सञ्चालन गरिएको हो।
कार्यक्रम स्वास्थ्य कार्यालय पर्साका प्रमुख बिनोद झाँको अध्यक्षतामा सुरु गरिएको थियो। पानसमा दीप प्रज्वलन, बैच वितरण, खादा अर्पण तथा राष्ट्रगानसहित कार्यक्रमको गरिमामय उद्घाटन गरिएको थियो।

गोष्ठीका पहिलो दिन मातृ–शिशु स्वास्थ्य, खोप, रोग नियन्त्रण, पोषण, योजना तथा प्रशासनलगायतका क्षेत्रमा भएका उपलब्धि तथा कार्यक्रमहरूको विस्तृत प्रस्तुति दिइयो।
वक्ताहरूले पर्सामा भएका महत्वपूर्ण उपलब्धि, सामना गरिएका चुनौती तथा आगामी वर्षका प्राथमिकताबारे सुझाव प्रस्तुत गरे।
मधेश प्रदेशका जिल्लामध्ये पर्सा जिल्ला लगातार तीन वर्षदेखि प्रथम बन्दै आएको तथ्य पहिलो दिनको मुख्य आकर्षण बन्यो। त्यस्तै, हैजा विरुद्ध ९० प्रतिशत खोप कवरेज हासिल गरिएको जानकारी स्वास्थ्य कार्यालयका पर्साको स्वास्थय अधिकृत जयमोद ठाकुरले दिए।

कार्यक्रममा GHP School का विद्यार्थीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। ठाकुरले विद्यालय तथा विद्यार्थीहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।
जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवालले सडक दुर्घटनाको अवस्था, दुर्घटनाका प्रमुख कारण, जोखिम न्यूनीकरण तथा यातायात व्यवस्थापन सुधारका उपायबारे जानकारी प्रस्तुत गरे। उनले हेल्मेट र सिटबेल्टको अनिवार्यता, सडक अनुशासन तथा विद्यालय क्षेत्रको सुरक्षामा कडाइ आवश्यक रहेको बताए। उक्त कार्यक्रममा १ सयभन्दा बढी व्यक्तिले मधुमेह तथा रक्तचाप (प्रेसर) जाँच गराएका थिए।

प्रमुख अतिथिको रूपमा प्रमुख जिल्ला अधिकारी भोला दहाल विशिष्ठ अतिथिको रुपमा माहाशाखा प्रमूख स्वा.तथा जनसंख्या मन्त्रालयका इन्द्रजित कुमार रजक, प्र.उ. जि.प्र. का.पर्साका सुदिप राज पाठक, उप.अ.नि.राष्ट्रिय अनुसन्धान पर्साका सन्तोष ढुंगेल, नारायणी अस्पताल नि.प्र.मे.सु. डा.कृष्ण साह,नेपाल पत्रकार माहासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, एन सि डि एलएम एल अफिसर डब्लु एच ओका डा.कमलेश यादव, जि.ट्रा.प्र.नि.पर्साका युवराज कटवाल, नि.प्र.मे.सु.पोखरियाका अस्पताल डा.आनन्द रौनियार, लगायत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था प्रमुख, साझेदार संस्था, ट्राफिक प्रहरी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति बीच सफलतापूर्वक सम्पन्न भएको थियोे।















यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




