सही खबर, सही समयमा

बारामा इनार सफा गर्ने क्रममा पेस्तोल भेटियो

ई-दैनिक जागरण
२०८० जेष्ठ २८, आईतवार १४:५३
बारा २८ जेठ । बाराको फेटा गाउँपालिका–३ स्थित इनार सफा गर्ने क्रममा एक थान पेस्तोल भेटिएको छ ।
इनार सफा गर्ने सफाइकर्मीले पेस्तोल भेटाएपछि सीमा प्रहरी चौकी छतवालाई जानकारी गराएको थियो । सई राजन थापाले पेस्तोल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । उनका अनुसार पेस्तोल घरेलु कट्टा रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?