सही खबर, सही समयमा

रौतहटको लालबकैया नदीको पानी सात दशकयता पहिलोपटक सुक्यो

ई-दैनिक जागरण
२०८० जेष्ठ २९, सोमबार ११:२५
रौतहट, २९ जेठ । सात दशकयता पहिलो पटक लालबकैया नदीको पानी सुकेको छ । प्रचण्ड गर्मी र सुक्खा यामको कारण रौतहटको मध्यभागस्थित लालबकैया नदीको पानी सुकेको देखिएको छ।
जङ्गल क्षेत्र भन्दा उत्तरतर्पm जेजस्तो अवस्था रहे पनि जंगलासहीया घाटदेखि दक्षिण अर्थात कटहरिया नगर क्षेत्र र देवाही गोनाही मौलापुरघाट लालबकैया नदीमा सबै मौसममा पानीको बहाव हुने गरेको थियो। तर पछिल्लो केही दिनदेखि बढेको गर्मीसँगै कटहरिया घाटदेखि मौलापुर घाटसम्म लालबकैया नदीको पानी सुकेको हो।
आफ्नो जीवनकालमा लाल बकैया कटहरिया घाटदेखि टिकुलिया मौलापुर घाटसम्म पानी सुकेको पहिलो पटक देखेको स्थानीय ७० वर्षीय पुनित यादवले बताए।
मावि कटहरियाका शिक्षक अचल कुमार शाहीले पनि लालबकैया नदीको पानी सुक्नु सबैको लागि एउटा सन्देश भएको बताउँदै पानी बचाउ अभियानका लागि वृक्षारोपण गरी आउँदो पुस्ताको भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए । – साभारः रातोपाटी

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?