लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा निःशुल्क दाँत परीक्षण कार्यक्रम सम्पन्न
अभिलाष गुप्ता
वीरगंज, २९ मंसिर । सोमबार लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजनामा दाँतसम्बन्धी निःशुल्क परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम क्लबकी अध्यक्ष लायन सुशिला साहको अध्यक्षतामा श्री गुरुकुल पन्ना मेमोरियल स्कुलमा सफलतापूर्वक सम्पन्न गरिएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा दन्त चिकित्सक डा. सुरभी सिंहको उपस्थिति रहेको थियो । साथै लायन्स क्लबका उपाध्यक्ष लायन देवन्ती साह, विद्यालयका प्रधाना ध्यापक मन्नुराना भाट, लायन सलोनी सीखा, शुभम मिश्रा, विक्की पटेल, अरविन्द चौधरी, प्रियंका सिंह, मधु कुमारी मण्डल तथा रजिता गुप्ता लगायतको सहभागिता रहेको थियो ।

दाँत परीक्षण कार्यक्रममा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत करिब ३६५ जना विद्यार्थीहरूको दन्त जाँच गरिएको थियो । परीक्षणका क्रममा विद्यार्थीहरूलाई दाँतको सरसफाइ, मुख स्वास्थ्यको महत्व तथा नियमित जाँचको आवश्यकताबारे समेत जानकारी दिइएको थियो ।
कार्यक्रमको समापनमा लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साहले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने विद्यालय प्रशासन, विशेषगरी प्रधाना ध्यापक मन्नुराना भाटप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
लायन्स क्लबले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




