सही खबर, सही समयमा

बिच सकर विश्वकप फेब्रुअरी २०२४ सम्म स्थगित

ई-दैनिक जागरण
२०८० असार १०, आईतवार १२:५९
दुबई, १० असार फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ।
फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका लागि आफ्नो २४ औं परिषद् बैठकबाट यो निर्णय गरेको हो।
युएईले गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्न आफ्नो उम्मेदवारी फाइल बुझाएको थियो ।
दुबईमा सन् २००९ को संस्करणपछि युएईले बिच सकर विश्वकप आयोजना गरेको यो दोस्रो पटक हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?