सही खबर, सही समयमा

कलैयाका प्रमुख प्रशासकीय अधिकृतमा रामविनय कुमार सिंह आउँदै, नाथु साहको सरुवा

ई-दैनिक जागरण
२०८२ पुष ११, शुक्रबार २०:२१

कलैया, ११ पुष । बाराको कलैया उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत नाथु साहको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साहलाई भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको हो ।

साहको स्थानमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव रामविनय कुमार सिंह कलैया उपमहानगरपालिकामा आउने भएका छन् ।

नाथु साह करिब चार वर्षदेखि कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । मन्त्रालयले हालै साहसहित ३० जना उपसचिवस्तरका कर्मचारीहरूको सरुवा गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?