सही खबर, सही समयमा

एमाले वीरगंज महानगर कमिटीको बैठक सम्पन्न, ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

ई-दैनिक जागरण
२०८२ माघ १४, बुधबार २०:११

अभिलाष गुप्ता

वीरगंज, १४ माघ । नेकपा एमाले वीरगंज महानगर कमिटीको बैठक सम्पन्न भएको छ। कमिटीका सचिव तथा कार्यबाहक अध्यक्ष लियाकत अलीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

बैठकमा मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादव, क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादव लगायतका नेताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै बिचारी यादवको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। नवगठित समितिले पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन प्रभावकारी योजना निर्माण गरी संगठनात्मक गतिविधि तीव्र बनाउने निर्णय गरेको जनाइएको छ।

कार्यक्रमको सहजीकरण राकेश साहले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रद्युमन सेढाईले राख्नुभएको थियो। बैठकमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?