सही खबर, सही समयमा

पर्सा–२ की उम्मेदवार रिमा कुमारी यादवद्वारा पर्सागढी–२ र ७ मा वडा भेला सम्पन्न

ई-दैनिक जागरण
२०८२ माघ १४, बुधबार २०:१६

अभिलाष गुप्ता

वीरगंज, १४ माघ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिकाको वडा नम्बर २ र ७ मा वडा भेला सम्पन्न गर्नुभएको छ।

उक्त भेलामा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, नेकपा एमालेका युवा नेता प्रद्युमन यादव तथा उम्मेदवार रिमा कुमारी यादवलगायत नेताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो। भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले पर्सा क्षेत्र नम्बर २ को मुहार परिवर्तनका लागि नेकपा एमालेको जित आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले आफू महिला सशक्तीकरण र विकासलाई केन्द्रमा राखेर निर्वाचनमा होमिएको बताउनुभयो।
कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?