सही खबर, सही समयमा

पर्सा–२ मा जसपाका उम्मेदवार अशोक कुमार टेमानीको घरदैलो तीव्र, युवाहरूको उत्साहपूर्ण स्वागत

ई-दैनिक जागरण
२०८२ माघ २०, मंगलवार २२:४०

वीरगंज, २० माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले आज घरदैलो कार्यक्रम अन्तर्गत पर्सा गढी नगरपालिका वडा नं. ३ को बिरुवा टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।

घरदैलो अभियानका क्रममा स्थानीय युवा भाइहरू द्वारा उम्मेदवार टेमानीको उत्साहपूर्वक स्वागत गरिएको थियो। युवाहरूले फूलमाला, नारा र आत्मीय अभिवादनसहित स्वागत गर्दै परिवर्तनको अपेक्षा व्यक्त गरेका थिए। कार्यक्रमका क्रममा उम्मेदवार टेमानीले स्थानीयवासी सँग छलफल गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाहरू सुन्नुभएको थियो।उहाँले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा युवाको भविष्य सुरक्षित बनाउने विषयलाई आफ्नो प्राथमिक एजेन्डा रहेको बताउनुभयो। जनताको भावना र आवाजलाई संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै टेमानीले यस निर्वाचनलाई परिवर्तनको अवसर का रूपमा लिन आग्रह गर्नुभयो।

स्थानीय युवाहरूले टेमानीलाई सरल, जनमुखी र विकासप्रति प्रतिबद्ध नेता को रूपमा लिँदै आगामी निर्वाचनमा समर्थन जनाउने संकेत गरेका छन्। घरदैलो कार्यक्रमले पर्सा–२ मा जसपाको चुनावी गतिविधि थप सक्रिय र प्रभावशाली बन्दै गएको देखिएको छ।चुनाव नजिकिँदै जाँदा उम्मेदवार टेमानीको जनसम्पर्क अभियान तीव्र बन्दै गएको छ भने स्थानीयस्तरमा उहाँप्रतिको आकर्षण र भरोसा बढ्दै गएको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?