सही खबर, सही समयमा

विश्व सिख वातावरण दिवसको अवसरमा वृक्षारोपण

ई-दैनिक जागरण
२०८२ फाल्गुन ३०, शनिबार २०:०८
वीरगंज, ३० फागुन । विश्व सिख वातावरण दिवसको अवसरमा त्रिजुद्ध विद्यालय परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

 
कार्यक्रम श्री गुरूनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा गरिएको हो।
कार्यक्रमका सहभागीहरूले विद्यालय परिसरमा निम, गुलमोहर, जामुन, अमला, कागतीलगायत विभिन्न प्रजातिका १०१ वटा बिरूवा रोपेका थिए। सो अवसरमा वातावरण संरक्षणका लागि वृक्षारोपण र सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।
प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको अध्यक्षता तथा वरिष्ठ समाजसेवी वेदप्रकाश गर्गको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्र्वहरूको सहभागीता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?