सही खबर, सही समयमा

भन्सार गुल्म वीरगंजद्वारा  ६ लाखभन्दा बढी मूल्यका अवैध औषधि बरामद

ई-दैनिक जागरण
२०८२ चैत्र ४, बुधबार १९:०७

अभिलाष गुप्ता

वीरगंज, ०४ चैत्र । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म वीरगंजले ठूलो परिमाणमा अवैध औषधिहरू बरामद गरेको छ। काठमाडौँतर्फ लैजाँदै गरेको यात्रुवाहक बसबाट करिब ६ लाख २६ हजार रुपैयाँ बराबरका औषधिहरू नियन्त्रणमा लिइएको हो।गएराति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले वीरगञ्ज

महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा बसहरू को नियमित जाँच गर्ने क्रममा उक्त अवैध सामग्री फेला पारेको हो। जाँचका क्रममा बिलविजक नभए का सिल्डिनाफिल ट्याब्लेट २१०१ पत्ता, प्रेगआउट किट २६७ पत्ता तथा एरोसल स्प्रे १२५ वटा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका औषधिहरू यौनवर्धक तथा अनिश्चित गर्भ रोक्ने प्रकारका रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। बिना कानुनी कागजात यस्ता औषधिहरू ओसारपसार गर्नु गैरकानुनी मानिन्छ।

घटनाबारे जानकारी दिँदै गुल्मका गुल्मपति डीएसपी विकास अधिकारीले बरामद सामग्री आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन वीरगंज भन्सार कार्यालयमा बुझाइएको बताए।
सशस्त्र प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि निगरानी कडा पार्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?