सांसद टेक बहादुर शाक्यद्वारा “डाक्टरसहित सांसदको घरदैलो” कार्यक्रमको ठोरीमा शुभारम्भ
ठोरी गाउँँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले “डाक्टर सहित सांसदको घरदैलो” कार्यक्रमको प्रशंसा गर्दै स्थानीय तह पनि यस कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताइन् । त्यस्तै, प्रभु अस्पतालका इन्चार्ज दिलीप कार्कीले अस्पताल नाफामुखी मात्र नभई सेवामुखी संस्था भएको उल्लेख गर्दै स्वास्थ्य सेवा जनताको घरदैलोमै पु-याउन पाएकोमा खुशी व्यक्त गरे । त्यसैगरि कार्यक्रमका समन्वयकर्ता सन्तोष श्रेष्ठले वास्तविक सेवाग्राहीहरू स्वास्थ्य सेवाको पहुँच टाढा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष स्वास्थ्य सेवा पु-याउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताउँदै सांसद शाक्यलाई विशेष धन्यवाद दिनुभयो ।
“डाक्टर सहित सांसदको घरदैलो” कार्यक्रममा प्रभु हस्पिटलम वीरगंजको सहकार्यमा भएको कार्यक्रममा डा. प्रयास तिमल्सिना र डा. शुरूची श्रेष्ठले २४७ जना स्थानीय बासिन्दालाई निश्शुल्क स्वास्थ्य परीक्षण, परामर्श सेवा तथा निश्शुल्क औषधी वितरण प्रदान गरेका थिए। स्थानीयहरूले घरआँगनमै आएर स्वास्थ्य सेवा दिनुभएकोमा सांसद शाक्यलाई धन्यवाद दिएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




