सही खबर, सही समयमा

छपकैयामा २५ सदस्यीय ‘जेन जि’ वार्ड कमिटी गठन, शेख जाहागिर अध्यक्ष चयन

ई-दैनिक जागरण
२०८३ बैशाख २३, बुधबार १९:४३

अभिलाष गुप्ता
वीरगंज, २३ बैशाख । वीरगंज महानगरपालिका वडा नं. २ छपकैयामा ‘जेन जि पर्सा’ले एक कार्यक्रम आयोजना गरी २५ सदस्यीय वार्ड कमिटी गठन गरेको छ। स्थानीय फलफूल तथा तरकारी बजार परिसरमा सम्पन्न उक्त कार्यक्रममा शेख जाहागिरको अध्यक्षतामा कमिटी चयन गरिएको हो।

कार्यक्रममा बोल्दै जेन जि वीरगञ्ज महानगरपालिका–२ का इन्चार्ज शेख जाहागिरले संगठनको मर्म र सिद्धान्तअनुसार भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा युवाहरूलाई एकताबद्ध गर्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा जेन जि पर्साका संयोजक महादेव प्रसाद कुर्मी, मुख्य सल्लाहकार वीरेन्द्र कण्ठ, शेख जमसेदलगायतको उपस्थिति रहेको थियो। साथै, स्थानीय युवाहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहजनक बनाएको आयोजकले जनाएको छ।

नवगठित कमिटीले आगामी दिनमा सामाजिक उत्तरदायित्व, सुशासन प्रवर्द्धन तथा युवामुखी गतिविधिहरूलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?