रणवीर र आलियाको रकी और रानीकी प्रेम कहानीले कति कमायो रु.
काठमाडौं, साउन १४
बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म रकी और रानीकी प्रेम कहानी गत शुक्रबार देखि प्रदर्शन भइरहेको छ।
यो फिल्मलाई भारतीय समीक्षकहरूले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन्। फिल्मले उत्कृष्ट प्रतिक्रिया पाए पनि भारतीय बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा २७ करोड १५ लाख भारू कमाएको छ। ११ करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १६ करोड ५ लाख भारू कमाएको हो।
करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। यसअघि उनले ‘ए दिल हे मुस्किल’ निर्देशन गरेका थिए।
हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




