6 August ,2026,Thursday

बारा, २१ साउन। बाराको आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरीको करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार आज बिहीबार बिहान करिब १०:४० बजे गणेश महतो कोईरीले बिजुलीको पोलमा बत्ती बाल्नका लागि हुक लगाउने क्रममा एउटा हुकको तार विद्युत् लाइनमा अल्झिएको थियो। सोही क्रममा अर्को तार उनको शरीरमा खस्दा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

घाइते कोईरीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारका क्रममा उनका भाइ चन्देरश्वर महतो कोईरी साथमा रहेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी सहायक निरीक्षक पुजई महराको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार दिउँसो करिब १२:०५ बजे प्रादेशिक अस्पताल कलैयामा चिकित्सकले ईसीजी (ECG) परीक्षणपछि गणेश महतो कोईरीलाई मृत घोषणा गरेका हुन्। हाल शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...