4 September ,2026,Friday

NICCI वीरगंज च्याप्टरद्वारा PMDRF का लागि रु. ६५,६०० सहयोग राशि संकलन

वीरगंज, ३ सेप्टेम्बर २०२६ भदाै। नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI), वीरगंज च्याप्टरका सदस्यहरूद्वारा PMDRF का लागि कुल रु. ६५,६०० सहयोग राशि संकलन गरिएको छ।

यस मानवीय तथा सामाजिक सहयोग अभियानमा अभिषेक चौधरी, अमित गुप्ता, विक्की जयपुरिया, निरज अग्रवाल, देवरत आर्याल, सुमित केयाल, पंकज अग्रवाल, चन्दन सिंह, निर्मल खतरी, दीपेश अग्रवाल, रजत सचदेवा, सन्तोष जायसवाल, आकाश सर्राफ, किशन केयाल, कृष्ण अग्रवाल, विवेक कुमार, रौनक केयाल, ज्योति रुंगटा तथा अवधेश सरावगीले योगदान गर्नुभएको छ।आज NICCI वीरगंज च्याप्टरको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय (CDO Office) मा पुगेर सहयोग अभियानसम्बन्धी पत्र बुझाएको छ। उक्त अवसरमा अभिषेक चौधरी, रजत सचदेवा, विक्की जयपुरिया, धीरज दरुका तथा देवरत आर्याल उपस्थित हुनुहुन्थ्यो।

NICCI Head Office द्वारा उपलब्ध गराइएको आधिकारिक बैंक विवरणअनुसार संकलित रु. ६५,६०० PMDRF को आधिकारिक खातामा जम्मा गरिँदैछ।

NICCI वीरगंज च्याप्टरले यस मानवीय तथा सामाजिक पहलमा योगदान गर्नुहुने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दै NICCI परिवारले प्रदर्शन गरेको सहयोग, एकता र सामाजिक उत्तरदायित्वको भावनाको प्रशंसा गरेकाे छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...