6 September ,2026,Sunday

लायन्स क्लब अफ वीरगंज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

वीरगंज, २१ भदौ । लायन्स क्लब अफ वीरगंज गेटवेको आयोजनामा वीरगंज–बहुअरीस्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात माध्यमिक विद्यालय (मुस्लिम महिला हाईस्कुल) को परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको हो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लायन्स क्लब अफ वीरगंज गेटवेका अध्यक्ष प्रकाश उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लबका एरिया चिफ सुनिल गुप्ताको विशेष उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक साबिर अहमद एराजसहित लायन्स क्लब अफ वीरगंज गेटवेका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण र संवर्द्धनमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए। विद्यालय परिसरमा गरिएको वृक्षारोपणले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै विद्यालयको वातावरणलाई थप हराभरा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...