6 September ,2026,Sunday

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को फाइनलमा पाँच विद्यालय छनोट

अभिलाष गुप्ता
वीरगंज, २१ भदौ । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन्।

क्वालिफिकेशन राउन्डबाट ग्रुप ‘ए’ बाट गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, ग्रुप ‘बी’ बाट मास्कट एकेडेमी, ग्रुप ‘सी’ बाट साउथ जोन सेकेन्डरी स्कुल, ग्रुप ‘डी’ बाट रोयल एकेडेमी र ग्रुप ‘ई’ बाट ज्ञानज्योति माध्यमिक विद्यालय फाइनलमा छनोट भएका हुन्।

क्वालिफिकेशन राउन्डमा पाँच समूहमा गरी ३१ वटा विद्यालय सहभागी थिए। ग्रुप ‘बी’ मा सात विद्यालय तथा अन्य चार समूहमा छ–छ विद्यालयलाई पछि पार्दै पाँच विद्यालयले फाइनलको यात्रा तय गरेका हुन्।प्रतियोगिताको फाइनल भिडन्त भदौ २३ गते बिहान १० बजेदेखि डिएभी स्कुलमा हुनेछ। सिनियरतर्फको उपाधिका लागि पाँच विद्यालयबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगन्जका सचिव अमित आलोकले जानकारी दिए।

बीरगंज ज्योतिनगरस्थित लिटल एन्जल्स स्कूलमा भएको क्वालिफिकेशन राउन्डको सुरुवातअघि आयोजित औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवले गरेका थिए। दुवै अध्यक्षले गमलामा पानी हालेर प्रतियोगिताको क्वालिफिकेशन राउन्डको औपचारिक उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए। कार्यक्रममा प्याब्सन वीरगंजका नगर सदस्य विजय बल, सुमित कलवार, प्याब्सन वीरगंजका प्रेस कोर्डिनेटर दीपु बर्नवाल, लिटल एन्जल्स स्कूलका प्रअ सन्नी पाख्रिन, विद्या सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक लाल बहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...