अभिलाष गुप्ता
वीरगंज, २२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले भाद्र १० गते भोटेकोसी नदिमा आएको बिनाशकारी बाढिमा परेर ज्यान गुमाएका नागरिकहरुको सम्झनामा मैनबती प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त महाबिपत्तिमा ज्यान गुमाएकाहरुको आज तेर्हौ दिनको पुण्यतिथीको अबसर पारेर रास्वपा पर्साले आज दिप प्रज्वलन एबम श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति हरि पन्तले भाद्र १० गते भोटेकोसीको बाढीमा परि ज्यान गुमाएकाहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै शोक सनतप्त परिबारजनमा गहिरो समबेदना प्रकट गरेका थिए । उनले बाढिमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्दारमा सरकारले कुनै पनि कसर बाकि नरख्ने पनि बताए ।
श्रद्धाञ्जली सभामा काबा सभापति तुल्सा पौडेल, सचिब सुदिश प्रजापती, क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाज मिया र पालिका सभापतिहरु रमाकान्त चौधरी, चन्दन यादब, माधब बस्नेतका साथै मह्मुद्दिन आलम, अक्ष्य द्विबेदी, गौतम श्रेष्ठ, सुमित चौरसिया, सम्साद अन्सारी, दीपेन्द्र मण्डल लगायतका नेताहरुको उपस्थिति थियो भने सभालाइ कृष्ण पास्वानले संचालन गरेका थिए ।

