8 September ,2026,Tuesday

अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को फाइनल सम्पन्न, रोयल एकेडेमी प्रथम

अभिलाष गुप्ता
वीरगंज,  २३ भदौ । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रोयल एकेडेमी प्रथम भई उपाधि जित्न सफल भएको छ।

वीरगंजस्थित डिएभी स्कुलमा मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा उपाधिका लागि पाँच विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। फाइनलमा गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, मास्कट एकेडेमी, साउथ जोन सेकेन्डरी स्कुल, रोयल एकेडेमी र ज्ञानज्योति माध्यमिक विद्यालय सहभागी भएका थिए।

प्रतियोगितामा रोयल एकेडेमीले १७० अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो। त्यस्तै, साउथ जोन सेकेन्डरी स्कुल र ज्ञानज्योति माध्यमिक विद्यालयले समान १६५ अंक प्राप्त गरेपछि दोस्रो र तेस्रो स्थान निर्धारण गर्न टाइब्रेकरको सहारा लिइएको थियो। टाइब्रेकरमा ज्ञानज्योति माध्यमिक विद्यालय दोस्रो र साउथ जोन सेकेन्डरी स्कुल तेस्रो भएका छन्।

त्यस्तै, गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र मास्कट एकेडेमी उपविजेता भएका छन्।

प्रतियोगितामा वीरगंज प्याब्सनसँग आबद्ध ३१ वटा विद्यालय सहभागी भएका थिए। विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रदर्शन गरेका पाँच विद्यालय सिनियरतर्फको फाइनलमा प्रवेश गरेका थिए।

प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगंजका सचिव अमित आलोकका अनुसार विद्यार्थीमा ज्ञान, तर्क क्षमता, सामान्य जानकारी तथा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।फाइनल प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा गरेका थिए। दुवै अध्यक्षले माता सरस्वतीको तस्वीरमा माल्यार्पण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साह रहेका थिए। कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए भने स्वागत मन्तव्य प्याब्सन पर्साकी महिला वरिष्ठ उपाध्यक्ष सुशिला साहले गरेकी थिइन्।

कार्यक्रममा प्याब्सन पर्साकी महिला वरिष्ठ उपाध्यक्ष सुशिला साह, प्याब्सनका केन्द्रीय प्राज्ञिक सदस्य डा. हरिशंकर शाह, प्याब्सन मधेश प्रदेशका सल्लाहकार इमामुदिन अहमद, प्याब्सन वीरगंजका नगर सदस्यहरू विजय बल र सुमित कलवार,प्याब्सनका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय,डिएभी स्कुलका राकेश मिश्रा,धनुषाका अध्यक्ष नवल किशोर साह, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिनलगायतको उपस्थिति रहेको थियो।

यसैबीच, कार्यक्रममा प्याब्सन पर्साले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ। प्याब्सन पर्साले संकलन गरेको १५ लाख रुपैयाँको चेक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो। विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको प्याब्सन पर्साले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई प्रमाणपत्र, मेडल र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयहरू बीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...