9 September ,2026,Wednesday

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले भोटेकोसी बाढीपीडितको लागि १०लाख ९४ हजार १६१ रुपैयाँ राहत प्रदान

अभिलाष गुप्ता
वीरगंज, २४ भदौ । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले भोटेकोसी बाढीपीडितको लागि १०लाख ९४ हजार १६१ रुपैयाँ राहत प्रदान गरेको छ । अस्पतालका कर्मचारी तथा पसल व्यवसायीहरू बाट संकलित १ लाख ९४ हजार १६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

महावीरप्रसाद–बृजलाल किडिया सेवा ट्रस्टबाट थप २ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको छ।

यसअघि रामकुमार महावीरप्रसाद किडिया आँखा अस्पतालले २०८३ भदौ १८ गते नेपाल नेत्रज्योति संघमार्फत प्रधानमन्त्री राहत कोषका लागि ७ लाख रुपैयाँ सहयोग गरेको थियो।

यसरी प्रधानमन्त्री राहत कोषका लागि अस्पताल, कर्मचारी, व्यवसायी तथा सेवा ट्रस्टबाट गरी कुल १० लाख ९४ हजार १६१ रुपैयाँ सहयोग गरिएको छ।

यसैबीच, अस्पताल परिसरमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभासमेत आयोजना गरिएको छ। सभामा सहभागीहरूले विपद्का क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...