14 September ,2026,Monday

नवदिप एकेडेमीमा बाल दिवसका अवसरमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न

वीरगंज, २८ भदौ । वीरगंजस्थित नवदिप एकेडेमीले बाल दिवसका अवसरमा विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी बाल दिवस मनाएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यालयकी सञ्चालिका तथा प्याब्सन पर्सा जिल्लाका वरिष्ठ उपाध्यक्ष सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई केन्द्रमा राख्दै विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थी तथा शिक्षिकाहरूले नृत्य प्रस्तुत गर्नुका साथै केक काटेर बाल दिवस मनाएका थिए।कार्यक्रममा विद्यालयकी सञ्चालिका सुशिला साहले सम्पूर्ण विद्यार्थीहरूलाई बाल दिवसको शुभकामना व्यक्त गर्दै बालबालिकाहरूको खुशी, शिक्षा र उज्ज्वल भविष्यका लागि विद्यालय सधैं प्रतिबद्ध रहेको बताइन्।

उनले बालबालिकाहरूलाई शुभकामना दिँदै भनिन बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन। कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

बाल दिवसको अवसरमा विद्यालयमा आयोजना गरिएको कार्यक्रमले विद्यार्थीहरूमा उत्साह र खुशी थपेको थियो। विद्यार्थी, शिक्षिका तथा विद्यालय परिवारबीच आपसी सद्भाव र आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...