14 September ,2026,Monday

ध्रुप महतो थारुको शव नेपाल ल्याउन सांसद कानुद्वारा पहल

अभिलाष गुप्ता
वीरगंव, २९ भदौ । पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले पर्सागढी नगरपालिका–९, बडेड्वाका शिव महतो थारुका छोरा ध्रुप महतो थारुको मलेसियामा भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई भेटेर समवेदना व्यक्त गर्नुभएको छ।

मलेसियामा चार दिनअघि ध्रुप महतो थारुको निधन भएको खबर पाएलगत्तै सांसद कानु सोमबार उहाँको घरमा पुग्नुभएको हो। सांसद कानुले परिवारजन तथा स्थानीयवासीसँग भेटघाट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

भेटका क्रममा सांसद कानुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले दुःखको यस घडीमा आफू परिवारको साथमा रहेको बताउँदै धैर्य धारण गर्न आग्रह गर्नुभयो।सांसद कानुले मलेसियामा निधन भएका ध्रुप महतो थारुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल तथा समन्वयका लागि आफू सक्रिय रूपमा लागिरहेको जानकारी दिनुभयो। शव नेपाल ल्याउने प्रक्रियामा सम्बन्धित निकाय तथा सरोकारवाला पक्षसँग आवश्यक समन्वय गरिने उहाँले बताउनुभयो।

विदेशमा रोजगारीका क्रममा परिवारका सदस्य गुमाउनुपर्दा परिवारजनमा परेको पीडाप्रति संवेदनशील हुँदै सांसद कानुले मृतकको शव नेपाल ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यस अवसरमा स्थानीयवासी तथा परिवारजनले पनि दुःखको समयमा घरमै पुगेर समवेदना व्यक्त गर्नुका साथै शव नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएकोमा सांसद कानुप्रति आभार व्यक्त गरेका थिए।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...