14 September ,2026,Monday

रसुवा बाढीपीडितका लागि गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा २ लाख ११ हजार सहयोग

वीरगंज, २९ भदौ । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि गहवामाई तीर्थ विकास क्षेत्र समितिले २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।

समितिले उक्त रकमको चेक पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो। विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले समितिले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

राहत रकम हस्तान्तरण कार्यक्रममा सांसद कानुसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका युवा नेता सुधीर पटेल र राम आर्यको समेत उपस्थिति रहेको थियो।

चेक हस्तान्तरण कार्यक्रममा गहवामाई तीर्थ विकास क्षेत्र समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, सचिव लक्ष्मी नारायण गुप्ता, कोषाध्यक्ष रवि शंकर बरनवाल तथा सदस्यहरू सीताराम उपाध्याय र अनुप अग्रवाल सहभागी थिए।

रकम हस्तान्तरणपछि सांसद सुशील साह कानुले रसुवा बाढीपीडितका लागि सहयोग गरेकोमा गहवामाई तीर्थ विकास क्षेत्र समिति तथा सहयोगमा संलग्न सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि गरिने सहयोगले पीडित परिवारलाई ठूलो राहत पुग्ने उल्लेख गर्नुभयो।

समितिले धार्मिक तथा सामाजिक दायित्वअन्तर्गत विपद्का समयमा पीडित परिवारको सहयोगका लागि हातेमालो गर्दै आएको जनाएको छ। रसुवामा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमार्फत रकम उपलब्ध गराइएको समितिले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...