16 September ,2026,Wednesday

मितेरी पुलमा यात्रु तथा सर्वसाधारणका लागि चिसो पानी र विश्रामस्थल सञ्चालन

अभिलाष गुप्ता
वीरगंज, ३० भदौ । वीरगंजस्थित मितेरी पुल नजिक यात्रु तथा सर्वसाधारणका लागि सुविधा सम्पन्न चिसो पानीको मेसिन तथा विश्रामस्थल सहितको बस्ने स्थान सञ्चालनमा ल्याइएको छ। ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुङ्गटा वेलफेयर सोसाइटीको संयुक्त आयोजनामा मंगलबार एक कार्यक्रमबीच उक्त सुविधा केन्द्रको उद्घाटन गरिएको हो।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापा,बिरगंज भन्सार कार्यालयका अधिकृत काजीबाबु कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की, नेपाली सेनाको वीरगञ्जस्थित श्रीजंग गणका गणपति (कर्णेल) लोकेन्द्र कार्की लगायतको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी सशस्त्र प्रहरी गुल्म भन्सारका प्रहरी निरीक्षक चन्द्रकान्त पौडेल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ, वीरगंज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसाल, रुङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुङ्गटा, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं लगायत विभिन्न सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।भारत–नेपाल सीमावर्ती मितेरी पुल क्षेत्रमा दैनिक ठूलो संख्यामा यात्रु तथा सर्वसाधारणको आवतजावत हुने भएकाले उनीहरूको सुविधालाई ध्यानमा राखी चिसो पानीको व्यवस्था तथा विश्रामस्थल निर्माण गरिएको आयोजकले जनाएको छ। गर्मी तथा यात्राका क्रममा सर्वसाधारणलाई सहज रूपमा स्वच्छ तथा चिसो पानी उपलब्ध गराउने उद्देश्यले पानीको मेसिन जडान गरिएको हो।

कार्यक्रमकै अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सर्वसाधारणलाई निःशुल्क रूपमा ५०० वटा बिरुवा समेत वितरण गरिएको थियो। बिरुवा वितरण मार्फत सीमावर्ती क्षेत्र तथा वीरगंजमा हरियाली विस्तारसँगै वातावरण संरक्षणप्रति नागरिकलाई सचेत गराउने उद्देश्य राखिएको आयोजकको भनाइ छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा प्रहरी, सुरक्षा निकाय, सामाजिक संस्था तथा स्थानीय समुदायबीचको सहकार्यबाट सार्वजनिक हितका विभिन्न गतिविधिलाई निरन्तरता दिने विषयमा समेत जोड दिइएको थियो।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले यसअघि पनि सरसफाइ, वृक्षरोपण, वातावरण संरक्षण तथा सार्वजनिक सेवा प्रवर्द्धनसम्बन्धी विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ। मितेरी पुल क्षेत्रमा सञ्चालनमा ल्याइएको चिसो पानी तथा विश्रामस्थलले नेपाल–भारत आवतजावत गर्ने यात्रुका साथै स्थानीय सर्वसाधारणलाई समेत प्रत्यक्ष
रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...