17 September ,2026,Thursday

विश्वकर्मा पूजाको अवसरमा वीरगंजमा सोलिस ट्र्याक्टरको नयाँ सोरुम उद्घाटन

अभिलाष गुप्ता
वीरगंज, ०१ असोज । विश्वकर्मा पूजाको अवसर पारेर वीरगञ्जमा सोलिस ट्र्याक्टरको नयाँ सोरुम उद्घाटन गरिएको छ। वीरगंज महानगरपालिका–१४ स्थित बहुवरी बाइपास रोडमा सञ्चालनमा ल्याइएको सोरुमको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

सोलिस ट्र्याक्टरको आधिकारिक बिक्रेता मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहेको छ। सोरुमको उद्घाटन वीरगंज महानगरपालिका वडा नम्बर १४ का कार्यवाहक अध्यक्ष देवप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका चिफ बिजनेस अफिसर उमेश आचार्यले गर्नुभएको थियो।

कार्यक्रममा कम्पनीका ट्र्याक्टर सेल्स हेड सन्तोष आचार्य, ललित खण्डेलवाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा किसानलाई गुणस्तरीय तथा आधुनिक कृषि उपकरण सहज रूपमा उपलब्ध गराउन नयाँ सोरुमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।बहुवरी बाइपास रोडमा रहेको सोरुमबाट सोलिस ब्रान्डका विभिन्न क्षमताका ट्र्याक्टर तथा हार्भेस्टर बिक्री–वितरण सुरु गरिएको मधेस प्रदेशका रिजनल म्यानेजर विशाल गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सोरुममा सोलिसका ४७, ५२, ५७, ६०, ६२ र ७० एचपी क्षमताका ट्र्याक्टर उपलब्ध छन्।

त्यसैगरी, हार्भेस्टरतर्फ ८५ र १०१ मोडेलका मेसिनसमेत बिक्री–वितरणका लागि राखिएको गौतमले बताउनुभयो। उहाँले किसानको आवश्यकता र खेतीको प्रकृतिअनुसार विभिन्न क्षमताका ट्र्याक्टर तथा कृषि उपकरण उपलब्ध गराइने जानकारी दिनुभयो।

सोलिस ट्र्याक्टर खरिद गर्न चाहने ग्राहकका लागि वित्तीय सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ। रिजनल म्यानेजर गौतमका अनुसार १६ लाखदेखि २३ लाख रुपैयाँसम्म पर्ने ट्र्याक्टरहरू मुक्तिनाथ विकास बैंकमार्फत फाइनान्सको सुविधामा खरिद गर्न सकिनेछ।

कृषिमा यान्त्रीकरण बढाउँदै किसानको श्रम, समय र लागत घटाउन आधुनिक कृषि उपकरणको प्रयोग महत्वपूर्ण रहेको भन्दै कम्पनीले वीरगंज तथा आसपासका किसानलाई लक्षित गरी सेवा विस्तार गरेको जनाएको छ कार्यक्रमको सहजीकरण सुरज यादवले गर्नुभएको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...