19 September ,2026,Saturday

वीरगंजमा हिन्दु सम्राट सेना नगर कमिटी गठन, रोनक सिंह अध्यक्ष

वीरगंज, ०३ भदाै । हिन्दु सम्राट सेना वीरगंजकाे नगर कमिटी गठन गरिएको छ। सोल्टी गार्डेनमा आयोजित विशेष भेलाले रोनक सिंहको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन गरेको हो।

विकास साहको अध्यक्षतामा सम्पन्न भेलाले वीरगंज नगर क्षेत्रमा संगठन विस्तार, युवा सशक्तीकरण, सामाजिक सद्भाव अभिवृद्धि तथा स्थानीय जनसरोकारका विषयमा पहल गर्ने उद्देश्यसहित नयाँ कमिटी चयन गरेको जनाइएको छ।

नवगठित कमिटीको उपाध्यक्षमा नवल किशोर साह, विजय कुमार रौनियार र विशाल पाण्डे चयन भएका छन्। त्यस्तै महासचिवमा इन्द्रजित रौनियार, सचिवमा चन्दन महतो, सह–सचिवमा सञ्जय मण्डल र कोषाध्यक्षमा जितेन्द्र कुमार गिरी चयन भएका छन्।
कमिटीका सदस्यहरूमा अमर गुप्ता, अमरिप सहनी, मञ्जय ठाकुर, राजु साह, प्रकाश पटेल, रोहन मण्डल, सुमित सराफ, गौरी शंकर गिरी, राजन पटेल, धनि लाल यादव र दिपेन्द्र चौधरी रहेका छन्।

भेलामा नवगठित कमिटीले युवालाई संगठित गर्दै समाजसेवा, धार्मिक तथा सांस्कृतिक संरक्षण, सामाजिक न्याय र स्थानीय विकास निर्माणका विषयमा गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो।

कार्यक्रमका अध्यक्ष विकास साहले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै वीरगंज नगर क्षेत्रमा संगठनका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...