19 September ,2026,Saturday

प्याब्सन वाणी प्रतिभा २०८३: गौतम माध्यमिक विद्यालय प्रथम, विद्यासदन द्वितीय र द रोयल एकेडेमी तृतीय

अभिलाष गुप्ता

वीरगंज, ०३ असोज । संविधान दिवस २०८३ को अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), वीरगंज, पर्साको आयोजनामा आयोजित ‘प्याब्सन वाणी प्रतिभा २०८३’ अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। असोज ३ गते संविधान दिवसका अवसरमा डीएभी स्कूल, परवानीपुरमा आयोजना गरिएको उक्त प्रतियोगितामा २८ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

डीएभी स्कूलका प्रिन्सिपल राकेश मिश्राको कार्यक्रम संयोजनमा सम्पन्न प्रतियोगिताको सभापतित्व प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी, कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्षद्वय पुरन प्रधान र इमामुद्दिन अहमद तथा प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय र सल्लाहकार हरिश्याम ठाकुर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव तथा प्याब्सन वीरगञ्जका सचिव अमित आलोकलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा ठाकुराम बहुमुखी क्याम्पस तथा हरिखेतान बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्राध्यापक कविराज सुवेदी र सिमरास्थित विभिन्न कलेजमा नेपाली विषय अध्यापन गराउने शिक्षक हरिप्रसाद प्याकुरेल निर्णायकको भूमिकामा रहनुभएको थियो।

दुवै निर्णायकले प्रदान गर्नुभएको १००–१०० अंक गरी कुल २०० पूर्णाङ्क का आधारमा प्रतियोगिताको नतिजा निर्धारण गरिएको थियो।प्रतियोगिताको नतिजा

प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। प्राप्त अंकका आधारमा निम्न विद्यालय तथा विद्यार्थीहरूले स्थान हासिल गरेका छन्:

प्रथम स्थान: गौतम माध्यमिक विद्यालयकी रीत रौनियार १६२ अंक
द्वितीय स्थान: विद्यासदनकी अफ्रिना खातुन १५८ अंक
तृतीय स्थान: द रोयल एकेडेमीकी नलिष्का प्रजापति १५७ अंक
चौथो स्थान: मुनलाइट माध्यमिक विद्यालयकी मनीषा चौधरी १५६ अंक
पाँचौँ स्थान: डीएभी आरबी केडिया स्कूलकी सान्वी गुप्ता १५४ अंक ल्याएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र र मेडलसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।बाढीपीडितका लागि सहयोग गर्ने विद्यालय तथा सहयोगीहरू सम्मानित सोही अवसरमा रसुवाको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि केन्द्रीय प्याब्सनको आह्वानमा प्याब्सन पर्साको समन्वयमा प्याब्सनमा आबद्ध ५३ वटा विद्यालयहरूले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सम्बन्धित विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

प्याब्सन पर्साका जिल्ला सचिव अशोक सङ्ग्रौलाद्वारा जारी जानकारीअनुसार, संविधान दिवसको अवसरमा आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास, अभिव्यक्ति क्षमता तथा संवैधानिक ज्ञानको विकासमा योगदान पुर्‍याएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने र सार्वजनिक वक्तृत्वकलामा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो।
बाढीपीडितका लागि सहयोग गर्ने विद्यालय तथा सहयोगीहरू सम्मानित

सोही अवसरमा रसुवाको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि केन्द्रीय प्याब्सनको आह्वानमा प्याब्सन पर्साको समन्वयमा प्याब्सनमा आबद्ध ५३ वटा विद्यालयहरूले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सम्बन्धित विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

बाढीपीडितका लागि सहयोग रकम प्रदान गर्ने विद्यालय परिवारलाई सम्मानपत्रसहित सम्मान गर्दै मानवीय सहयोग, सामाजिक उत्तरदायित्व तथा विपद्का समयमा एकताबद्ध भएर सहयोग गर्ने संस्कृतिको प्रशंसा गरिएको थियो। उक्त सम्मानले राहत तथा उद्धार कार्यमा योगदान पुर्‍याउने विद्यालय, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारको योगदानलाई कदर गरेको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...