20 September ,2026,Sunday

संविधान दिवसमा चीनमा मन्त्री कानिश पटेलले फहराए राष्ट्रिय झण्डा

वीरगंज, असोज ०३ । संविधान दिवस २०८३ को अवसरमा चीनस्थित नेपाली राजदूतावासमा आयोजित विशेष कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री माननीय कानिश पटेलले नेपालको राष्ट्रिय झण्डा फहराएका छन्।

चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीको उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्री पटेलले राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवसको शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पर्यटन तथा वनमन्त्री माननीय तुल्सी चौधरी, लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री माननीय विष्णु पन्थी तथा नेपाली कम्युनिस्ट पार्टीका नेता मोहन गौतमलगायतको सहभागिता रहेको थियो।

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल–चीन सम्बन्ध, राष्ट्रिय एकता तथा मुलुकको विकास र समृद्धिका विषयमा समेत चर्चा गरिएको थियो। सहभागीहरूले संविधान दिवसले राष्ट्रिय एकता, सार्वभौमिकता र समृद्धिको यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवसको शुभकामना आदानप्रदान गरिएको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...