20 September ,2026,Sunday

भोटेकोशी बाढीमा वीरगंजका करिब १५ जना बेपत्ता, जगरनाथपुरका एउटै टोलका ६ जना

वीरगंज, ०४ असाेज । भोटेकोशी नदीमा आएको बाढीमा परी वीरगञ्ज महानगरपालिका क्षेत्रका करिब १५ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमध्ये वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित एउटै टोलका मात्रै ६ जना किशोर तथा युवा रहेका छन्।

बेपत्ता भएका व्यक्तिका परिवारको अवस्था बुझ्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादवले परिवारजनसँग भेटघाट गरेका छन्। भेटका क्रममा परिवारजनले आफ्ना सन्तान तथा आफन्तको अवस्थाबारे अनिश्चितताका कारण भोग्नुपरेको पीडा र कठिनाइबारे जानकारी गराएका थिए।

महानगर प्रमुख सिंहले दुःखको यस घडीमा वीरगञ्ज महानगरपालिका बेपत्ता परिवारको साथमा रहेको बताउँदै बाढीमा परी बेपत्ता भएका वीरगञ्जका सबै परिवारलाई महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
उनले बेपत्ता व्यक्तिहरूको खोजी तथा पहिचानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै निरन्तर पहल गर्ने बताए।

जगरनाथपुरका ६ परिवारसहित भोटेकोशी बाढीमा परी बेपत्ता भएका सबैका परिवारप्रति महानगरपालिकाले ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग र समन्वयमा सक्रिय रहने जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...