20 September ,2026,Sunday

कांग्रेस सखुवाप्रसौनी–६ को वडा अधिवेशन सम्पन्न, सभापतिमा महेन्द्र साह कानु सर्वसम्मत

सखुवाप्रसौनी, पर्सा ०४ असाेज । नेपाली कांग्रेस सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले महेन्द्र साह कानुलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको छ।

निर्वाचन अधिकारी ब्रिजकिशोर महतोको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।

अधिवेशनबाट शैलेन्द्र यादवसहित २३ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। नवनिर्वाचित वडा सभापति, वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

अधिवेशनमा सहभागी कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले संगठनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...