वीरगंज, ११ असाेज । द रोयल एकेडेमी अन्तर्गत रोयल तेक्वान्दो डोजाङको ग्रेडिङ कार्यक्रम विभिन्न अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको छ।
आज आयोजित कार्यक्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नाजिर अंसारी, पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेश मान श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र शाही, पर्साका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विक्रान्त डंगोल र बाबुल कुमार चौहानको उपस्थिति रहेको थियो।
त्यस्तै, ग्लोबल बिजनेस कलेजका प्रधानाध्यापक श्रीराम दास, द रोयल एकेडेमीका अध्यक्ष ओम श्रेष्ठ, भाइस प्रिन्सिपल सुमन श्रेष्ठ तथा राष्ट्रिय खेलाडी एवं रोयल तेक्वान्दो डोजाङका प्रशिक्षक आशिफ हुनेस अंसारीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा तेक्वान्दो खेलाडीहरूको क्षमता, अनुशासन तथा प्राविधिक दक्षताको मूल्याङ्कन गर्दै ग्रेडिङ गरिएको थियो। अतिथिहरूले खेलाडीहरूलाई मेहनत, अनुशासन र निरन्तर अभ्यासमार्फत खेल क्षेत्रमा अघि बढ्न शुभकामना दिएका थिए।
विभिन्न अतिथिहरूको उपस्थितिमा सम्पन्न ग्रेडिङ कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा अभिभावकहरू को समेत सहभागिता रहेको थियो।

