28 September ,2026,Monday

नेपाली कांग्रेस पर्साका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन तालिका सार्वजनिक

वीरगंज, १२ असाेज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पर्साका क्षेत्र नं. १, २ र ३ मा हुने निर्वाचनको कार्यक्रम सार्वजनिक गरिएको छ। नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति पर्साले निर्वाचन सम्बन्धी तालिका सार्वजनिक गर्दै मतदाता नामावलीदेखि मतदान र मतगणना सम्मका कार्यक्रम तय गरेको हो।

निर्वाचन तालिका अनुसार २०८३ असोज १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म मतदाता नामावलीमा संशोधन तथा दाबी–विरोधको समय तोकिएको छ।

त्यस्तै, असोज १३ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन दिउँसो २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ भने दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको नाममा दाबी–विरोध वा उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो ५ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

मनोनयन दर्ता, उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनलगायतका सम्पूर्ण कार्य नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, रामगढवामा हुने जनाइएको छ। असोज १४ गते बिहान ५ बजेदेखि मतदान हुने छ।

क्षेत्र नं. १ को मतदानस्थल रामनारायण पार्टी प्यालेस, वीरगंज–१५, क्षेत्र नं. २ को मतदानस्थल वीरगंज–१९ स्थित बिन्दवासिनी मन्दिर र क्षेत्र नं. ३ को मतदानस्थल बिन्दवासिनी वडा नं. २ स्थित बहुअर्वा मठा जीपी फाउन्डेसन तोकिएको छ।

मतदान सम्पन्न भएपछि मतगणना कार्य सुरु गरिने निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भरत राजभण्डारीद्वारा जारी सूचनामा पर्साका तीनवटै निर्वाचन क्षेत्रको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...