वीरगंज, १७ असाेज । लायन्स क्लब अफ वीरगंज मेट्रोसिटीकी अध्यक्ष पिया सिंहले क्लब अध्यक्षका रूपमा आफूले गरेको कार्य तथा योगदानको कदर गर्दै सम्मान गरेकोमा पूर्व जिल्ला गभर्नर विनय बस्नेतप्रति आभार व्यक्त गरेकी छन्।
सिंहले प्राप्त सम्मानले आफूलाई आगामी दिनमा अझ लगनशीलता र समर्पणका साथ सामाजिक सेवामा सक्रिय हुन प्रेरणा मिलेको बताएकी छन्। क्षमता पहिचान गरी आफूलाई विश्वास र निरन्तर मार्गदर्शन प्रदान गरेकोमा उनले पूर्व जिल्ला गभर्नर बस्नेतप्रति धन्यवाद व्यक्त गरेकी छन्।
उनले डिस्ट्रिक्ट ३२५एसका भीष्म पितामह लायन डा. आर. पी. खेतान, जिल्ला गभर्नर लायन रामबिहारी पाण्डे, प्रथम उपजिल्ला गभर्नर लायन अंकिता सुमार्गी, क्याबिनेट सचिव लायन बासु तिमिलसिना, लायन चिन्तन बज्राचार्य, लायन रूजा बज्राचार्य, पूर्व जिल्ला गभर्नर लायन देवकीनन्दन अग्रवाल, लायन अशोक बेरीवाललगायत पदाधिकारीले समय–समयमा प्रदान गरेको मार्गदर्शन र सहयोगप्रति पनि आभार व्यक्त गरेकी छन्।
त्यसैगरी, लायन्स क्लब अफ रक्सौलका जोन चेयरपर्सन सह डिस्ट्रिक्ट चेयरपर्सन, डिस्ट्रिक्ट ३२२ईका लायन बिमल सर्राफले प्रदान गरेको शुभकामनाप्रति पनि सिंहले धन्यवाद व्यक्त गरेकी छन्।
सिंहका अनुसार लायन्स अभियानमा प्राप्त सम्मान, मार्गदर्शन र प्रोत्साहनले सामाजिक सेवाका क्षेत्रमा थप जिम्मेवारीपूर्वक काम गर्न उत्साह प्रदान गरेको छ। उनले आगामी दिनमा पनि क्लबको उद्देश्यअनुसार सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।




