6 October ,2026,Tuesday

जनताको आवाज र परिवर्तनको एजेन्डासहित धोबीनी अध्यक्षमा पटेलको दाबेदारी

पर्सा, २० असोज । धोबीनी गाउँपालिकाको अध्यक्ष पदका लागि सन्तोष पटेलको दावेदारी चर्चामा आउन थालेको छ। परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने प्रतिबद्धतासहित पटेलले अध्यक्ष पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन्।

जनताको हरेक दुःख–सुखमा साथ दिने र स्थानीय समस्यालाई नजिकबाट बुझ्ने व्यक्तिका रूपमा पटेलले आफूलाई प्रस्तुत गर्दै आएका छन्। उनले गाउँपालिकाको समग्र विकास, सुशासन, पारदर्शिता तथा जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।

पछिल्लो समय परिवर्तनको पक्षमा आवाज उठाउँदै आएका युवादेखि आम नागरिकसम्मको समर्थन आफूलाई प्राप्त भइरहेको पटेलको दाबी छ। जनताको भावना र चाहनाअनुसार धोबीनी गाउँपालिकामा नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

पटेलले “परिवर्तनको पक्षधर, जनताको हरेक दुःख–सुखको साथी” भन्ने भावनाका साथ अध्यक्ष पदमा आफ्नो दावेदारीलाई अघि बढाएका छन्। धोबीनी गाउँपालिकामा विकास र सुशासनलाई नयाँ गति दिने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिन तयार रहेको उनले बताएका छन्।

स्थानीय तहमा जनताको प्रत्यक्ष सहभागिता, पारदर्शी सेवा प्रवाह र गाउँपालिकाको समग्र विकासलाई मुख्य एजेन्डा बनाउँदै पटेलले आफ्नो अभियान अघि बढाउने तयारी गरेका छन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...