6 October ,2026,Tuesday

शंकर पोखरेल बुधबार पर्सा आउने, माणिकपुरमा एमालेको शुभकामना आदान–प्रदान कार्यक्रम

राजन कुमार बानिया
पर्सा, २० असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल पर्सा आउने निश्चित भएको छ। विजया दशमीको शुभ अवसरमा नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ पर्साको आयोजनामा हुने शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा महासचिव पोखरेल सहभागी हुने एमाले नेता रुपेश पाण्डेयले जानकारी दिएका छन्।

पाण्डेयका अनुसार महासचिव पोखरेलले २०८३ असोज २८ गते बुधबार दिउँसो १२:१५ बजे पकाहा मैनपुर गाउँपालिका–२, माणिकपुरमा आयोजना हुने कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा आम समुदायलाई सम्बोधन गर्नेछन्।

महासचिव पोखरेलले ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत जिल्लाका अगुवा कार्यकर्ताको भेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। कार्यक्रममा पार्टीका पछिल्ला निर्णयको कार्यान्वयन, संगठन सुदृढीकरण तथा आगामी स्थानीय निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन्।

नेकपा (एमाले) पर्साका जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माका अनुसार पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारीसमेत सुरु गरिसकेको छ।

क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा एमालेका विभिन्न तहका नेता, जुझारु कार्यकर्ता, शुभचिन्तक तथा आम जनसमुदायलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको नेता रुपेश पाण्डेयले बताएका छन्।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...