8 October ,2026,Thursday

पर्सौनीमा ‘शिक्षाको महत्व’ विषयक अन्तरकक्षा वक्तृत्वकला कार्यक्रम सम्पन्न

वीरगंज, २१ असोज । पर्सौनीस्थित टाउन हलमा श्री बेंगा साह माध्यमिक विद्यालयको आयोजनामा ‘शिक्षाको महत्व’ विषयक अन्तरकक्षा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास तथा शिक्षाको महत्वबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

बिहान ९ बजे सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार गिरिको अध्यक्षता रहेको थियो भने पर्सौनी गाउँपालिकाका अध्यक्ष (मेयर) विनोद कुमार जयसवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा पर्सौनी गाउँपालिका–१ का अध्यक्ष लालबाबु मुखिया, वडा नम्बर २ का अध्यक्ष हृदय कुमार साह तेली, गाउँपालिकाका शिक्षा प्रमुख सन्तोष रौनियार, प्रशासकीय अधिकृत पवन कुमार केसरी, कार्यपालिका सदस्य शिवजी प्रसाद कलवार, विद्यालयका अंग्रेजी माध्यम संयोजक तेजनाथ पटेललगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको उद्घोषण कक्षा १० की छात्रा ज्योति कुशवाहाले गरेकी थिइन्। वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षकहरू रामनाथ प्रसाद सुडी, बृजकिशोर यादव र जितेन्द्र साह रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार गिरिले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्दै आफ्नो भविष्य निर्माणतर्फ अघि बढ्न आग्रह गरे। उनले विद्यार्थीको क्षमता, आत्मविश्वास र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रमुख अतिथि मेयर विनोद कुमार जयसवालले स्थानीय विद्यार्थीहरूलाई आफ्नै क्षेत्रमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने आफ्नो सपना पूरा हुँदै गएको बताए। उनले उच्च शिक्षाका लागि स्थानीय विद्यार्थीहरू कलैया वा वीरगंज जानुपर्ने अवस्थालाई कम गर्दै स्थानीय स्तरमै अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्ने लक्ष्य रहेको बताए।

कार्यक्रममा शिक्षकहरू अनोज यादव, वीरेश जयसवाल, सुबोध पाण्डे, प्रदीप नेपाल, किन्नु गुप्तालगायतको सहभागिता रहेको थियो।

विद्यालयले विद्यार्थीहरूको शैक्षिक, बौद्धिक तथा व्यक्तित्व विकासका लागि आगामी दिनमा पनि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...