8 October ,2026,Thursday

गहवा माई मन्दिर परिसरमा ‘हमरा गहवा माईके’ भजन सार्वजनिक

अभिलाष गुप्ता
वीरगंज, २१ असोज । हरेक दसैँको अवसरमा जस्तै यस वर्ष पनि गहवा माईप्रति समर्पित नयाँ धार्मिक भजन ‘हमरा गहवा माईके’ सार्वजनिक गरिएको छ। बुधबार वीरगंजस्थित प्रसिद्ध गहवा माई मन्दिरको प्राङ्गणमा एक कार्यक्रमबीच उक्त भजन सार्वजनिक गरिएको हो।

तीर्थ विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), मन्दिरका पुजारीलगायतको उपस्थितिमा भजन सार्वजनिक गरिएको थियो। कार्यक्रममा उपस्थित व्यक्तिहरूले गहवा माईप्रति समर्पित भजनले धार्मिक तथा सांस्कृतिक भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।

दसैँको अवसरमा सार्वजनिक गरिएको उक्त भजन सुनेर माया, स्नेह तथा आशीर्वाद प्रदान गरिदिन आयोजकले सबै भक्तजन तथा शुभेच्छुकसँग अनुरोध गरेका छन्।

‘हमरा गहवा माईके’ भजनमा चन्दन पण्डितको स्वर रहेको छ भने गौरव रोशनले संगीत दिएका छन्। भजनका रचनाकार उमा लाल यादव हुन्। भजनको भिडियोमा अन्नु मेहता, चन्दन पण्डित, अनिशा सिंह र रजनिकान्त दुबेको अभिनय रहेको छ।

त्यसैगरी भजनको निर्माण नितेश मेहता र राज सोनीले गरेका छन् भने निर्देशन देशीब्वाय नवीन नेपालीले गरेका छन्। भिडियोको छायांकन (डीओपी) निखिल सन्तोष शाह, मेकअप मधु चौधरी र रेकर्डिङ अटुट म्युजिकले गरेको जनाइएको छ। भजनको डिजिटल व्यवस्थापन गोसाई मिडिया सोलुसन्स (वीरेन्द्र गिरी)ले गरेको छ।

आयोजकका अनुसार उक्त भजन निर्माणमा करिब १ लाख रुपैयाँ खर्च भएको छ। भजनको भिडियोको अधिकांश छायांकन गहवा माई मन्दिर परिसरमै गरिएको बताइएको छ।

एनआर म्युजिक रेकर्डस् (NR Music Records)को प्रस्तुतिमा तयार गरिएको उक्त भजन धार्मिक तथा पारिवारिक विषयवस्तुलाई प्राथमिकता दिँदै निर्माण गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार एनआर म्युजिक रेकर्डस्ले यसअघि पनि विभिन्न धार्मिक तथा पारिवारिक भिडियोहरू निर्माण गर्दै आएको छ।

दसैँको धार्मिक माहोलसँगै गहवा माईप्रति श्रद्धा र आस्थालाई समेटिएको ‘हमरा गहवा माईके’ भजनले भक्तजन तथा दर्शक–श्रोतामाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...