11 October ,2026,Sunday

पोखरिया–४ स्थित श्री लछवारमाई दुर्गा मन्दिरमा घटस्थापनासँगै कलश स्थापना र जमरा रोपण संपन्न

शैलेश साह

पोखरिया, २५ असाेज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा अवस्थित श्री लछवार माई दुर्गा मन्दिरमा आज घटस्थापनाको दिनदेखि विधिपूर्वक कलश स्थापना गरी जमरा रोपण गरिएको छ। घटस्थापनासँगै मन्दिर परिसरमा दसैँको धार्मिक तथा सांस्कृतिक चहलपहल सुरु भएको छ।

नवरात्रको अवसरमा आजदेखि नौ दिनसम्म मन्दिरमा देवी दुर्गा भवानीको विधिपूर्वक पूजा–आराधना गरिनेछ। श्रद्धालु भक्तजनहरूले माता दुर्गाको दर्शन तथा पूजाआजा गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्नेछन्।

त्यसैगरी, नवरात्रको सातौँ दिन अर्थात् फूलपातीको अवसरमा मन्दिरमा माता दुर्गा भवानीको विशेष पूजा आयोजना गरिने जनाइएको छ। फूलपातीको राति विशेष धार्मिक अनुष्ठानसमेत गरिने परम्परा रहेको छ। स्थानीय धार्मिक मान्यताअनुसार उक्त अनुष्ठानलाई भूतप्रेत तथा नकारात्मक प्रभावबाट मुक्ति र शान्तिको कामनासँग जोडेर हेर्ने गरिन्छ।

श्री लछवार माई दुर्गा मन्दिरमा स्थानीय श्रद्धालुहरूको आस्थाको केन्द्रका रूपमा रहेको छ। दसैँको अवसरमा मन्दिरमा पूजा–आराधना गर्न भक्तजनहरूको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ। नवरात्रभरि गरिने पूजाआजा र धार्मिक अनुष्ठानले स्थानीय क्षेत्रमा धार्मिक वातावरण थप भक्तिमय बनाउने विश्वास गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...