16 October ,2026,Friday

पूर्व न्यायाधीश अब्दुल रहीम अन्सारीको पुस्तक ‘फ्याक्ट्स पार्ट–III’ लोकार्पण

प्रथम पुण्यतिथिमा हाजीपुरमा अन्सारीको न्यायिक विद्वत्ता, साहित्यिक योगदान र लेखनशैलीको स्मरण 

डा. शशी भूषण

हाजीपुर (वैशाली) 16 oct. असाेज ३० । पूर्व न्यायाधीश स्वर्गीय अल्हाज अब्दुल रहीम अन्सारीको प्रथम पुण्यतिथिका अवसरमा उहाँद्वारा लिखित पुस्तक ‘फ्याक्ट्स पार्ट–III’ को लोकार्पण गरिएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले अन्सारीलाई विद्वान् न्यायाधीश, गम्भीर अध्येता तथा संवेदनशील लेखकका रूपमा स्मरण गर्दै उहाँको साहित्यिक योगदानको चर्चा गरे।

मानवअधिकार पत्रकारिताका अभियन्ता तथा ‘मानवअधिकार टुडे’का प्रधान सम्पादक डा. शशि भूषण कुमारले अन्सारीलाई हिन्दी भाषामा लेख्न प्रेरित गरेको स्मरण गर्दै उहाँले पछि ‘मानवअधिकार टुडे’मा अल्पसंख्यक समुदायसँग सम्बन्धित विषयमा लेख लेख्नुका साथै हिन्दी भाषामा पुस्तकसमेत प्रकाशित गरेको बताए।

“लेखक संसारबाट बिदा हुन्छन्, तर उनीहरूको लेखनी र विचार अमर रहन्छन्,” डा. कुमारले भने। उनले अन्सारीको लेखन र विचारले आगामी पुस्तालाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।

सेवानिवृत्त जिल्ला न्यायाधीश अकबर रजा जमशीदले अन्सारीले आफ्नो जीवन ज्ञान र अध्ययनमा समर्पित गरेको बताए। न्यायिक सेवामा रहँदा पनि कुरान र हदीसको अध्ययनमा उहाँको गहिरो रुचि रहेको उल्लेख गर्दै उनले पुस्तक प्रकाशनमा योगदान पुर्‍याउने अन्सारीका छोराहरू शाहिद लतीफ र खालिद लतीफ तथा अनवारुल हसन वस्तवीको प्रशंसा गरे।

अमिरात–ए–शरियाका उपनिर्देशक मुफ्ती सनाउल हुदा कासमीले सेवानिवृत्तिपछि अन्सारीले कुरानको अध्ययनलाई विशेष प्राथमिकता दिएको बताए। उहाँको अध्ययन, चिन्तन र ज्ञानको झलक पुस्तकमा देख्न सकिने उनको भनाइ थियो।‘दैनिक कौमी तन्जिम’का प्रधान सम्पादक एस.एम. शराफ फरीदले हाजीपुरको भूमि उर्दू साहित्यका लागि उर्वर रहेको उल्लेख गर्दै अन्सारीले आफ्नो लेखनीमार्फत महत्वपूर्ण साहित्यिक विरासत छाडेको बताए। उनले अभिभावकहरूलाई आफ्ना बालबालिका, विशेषगरी छोरीहरूलाई उर्दू शिक्षा प्रदान गर्न आग्रह गरे।

वरिष्ठ पत्रकार डा. रेहान गनीले अन्सारीका कृतिहरूको प्रकाशनले उर्दू साहित्यको उज्ज्वल भविष्यप्रति आशा जगाएको बताए। पत्रकार अनवारुल हुदाले कुरान र हदीसबाट प्राप्त ज्ञानलाई समाजसम्म पुर्‍याउन अन्सारीले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे।

‘ओपन नारा’ अखबारका सम्पादक डा. अनवारुल हुदाले अन्सारीको व्यक्तित्व, कृतित्व तथा साहित्यिक योगदानबारे विस्तृत चर्चा गरे। उनले अन्सारीले लेखेका तीन हिन्दी र तीन उर्दू पुस्तकको लेखनशैली र प्रस्तुतिको प्रशंसा गरे। डा. जफिरुद्दिन अन्सारीले पनि आफ्नो सम्बोधनमा दिवंगत अन्सारीको विद्वत्ता र योगदानको स्मरण गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै लेखक अनवारुल हसन वस्तवीले अन्सारीको साहित्यिक तथा शैक्षिक योगदानमाथि प्रकाश पारे। डा. आरिफ हसन वस्तवीले कार्यक्रम सञ्चालन गरेका थिए भने अन्सारीका ज्वाइँ तथा सेवानिवृत्त आईएएस अधिकारी नैयर इकबालले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सुरुवात हाफिज मुहम्मद रेहानद्वारा कुरान पाठबाट गरिएको थियो।

समारोहमा सैयद अबु सालेह, इश्तियाक अहमद खान, नसीमुद्दिन सिद्दिकी, मिस्बाहुद्दिन अहमद अजिमाबादी अन्सारी, डा. जमाल अन्सारी, इजहारुल हक अजहर, तौकीर सैफी, नजरुल हुदा कासमीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले अन्सारीको ज्ञान, अध्ययन, साहित्यिक साधना र सामाजिक योगदानलाई स्मरण गर्दै उहाँका कृतिहरूले भावी पुस्तालाई प्रेरणा दिइरहने विश्वास व्यक्त गरे।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...