15 October ,2026,Thursday

नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा सद्दाम बसरुद्दिनको छोराको बहुभोजमा

वीरगंज, २९ असाेज  । जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज स्थित नेशनल मेडिकल कलेजसँग सम्बन्धित आन्दोलनमा सक्रिय अगुवा सद्दाम अन्सारी विद्यार्थी एमडी बसरुद्दिनका छोराको बहुभोजमा सहभागी भएका छन् ।

वीरगंजको भिस्वा होटेलमा बसरुद्दिन अंसारी छोराको बहुभोजमा रमाइरहेको देखिए पनि उनका जेठा दाइ जैनुद्दिन अन्सारी तथा उनको परिवारका सदस्यहरू समारोहमा उपस्थित नभएको जनाएको छ । यसले बसरुद्दिन र उनका जेठा दाइबीचको सम्बन्धबारे विभिन्न प्रश्न उठाएको छ ।

नेशनल मेडिकल कलेजसँग सम्बन्धित आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बसरुद्दिनको पारिवारिक विषय सार्वजनिक चर्चामा आएपछि उनको व्यक्तिगत सम्बन्ध र सार्वजनिक भूमिकालाई जोडेर प्रश्न उठेको छ । तर, पारिवारिक समारोहमा कुनै सदस्य उपस्थित नहुनुलाई मात्रै विवादको प्रमाण मान्न सकिँदैन् ।

प्राप्त जानकारी अनुसार, दुवै दाजुभाइबीच पारिवारिक तथा आर्थिक विषयलाई लिएर विवाद रहेको छ । छोराको विवाहजस्तो पारिवारिक समारोहमा समेत जेठा दाइको परिवार उपस्थित नदेखिएपछि उनीहरूबीचको सम्बन्धमा आएको दूरीबारे चासो व्यक्त गरिएको छ ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...