17 October ,2026,Saturday

जिल्ला प्रहरी कार्यालय पर्सामा ७१ औँ प्रहरी दिवस मनाइयो, योगदान पुर्‍याउने व्यक्ति तथा संस्था सम्मानित

वीरगंज, ३० असाेज । जिल्ला प्रहरी कार्यालय पर्सामा नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवस विशेष समारोहका बीच सम्पन्न भएको छ। दिवसका अवसरमा शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सा जिल्ला अदालतकी न्यायाधीश देवीकुमारी चौधरी, नेपाली सेनाको श्री श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्की, वीरगञ्ज उद्योग वाणिज्य संघका हरिप्रसाद गौतम, जिल्ला सरकारी वकिल कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख अनन्तराज न्यौपाने, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका निमित्त सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण महर्जन, पर्साका प्रहरी उपरीक्षक पवन भट्टराई तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक सन्तोष ढुंगेललगायतको उपस्थिति रहेको थियो।

समारोहको सुरुवातमा प्रमुख अतिथि, अतिथिगण, सञ्चारकर्मी तथा अमर प्रहरीका परिवारजनलाई स्वागत गरिएको थियो। कार्यक्रममा कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्र र नागरिकको सुरक्षाका लागि उनीहरूले पुर्‍याएको योगदानको स्मरण गरिएको थियो। साथै, अमर प्रहरीका परिवारजनप्रति सम्मान व्यक्त गरिएको थियो।

दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी प्रशासनलाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने सामाजिक संघ–संस्था, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका प्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मी तथा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो।

शान्ति–सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन स्थानीय समुदाय, उद्योगी–व्यवसायी र सञ्चार क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रहरी प्रशासनले सहयोगी सबैप्रति आभार व्यक्त गरेको थियो।

कार्यक्रमले प्रहरी र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको छ। प्रहरी प्रशासनलाई प्रभावकारी बनाउन नागरिकको सहयोग, सहकार्य र विश्वास महत्त्वपूर्ण हुने कुरामा समेत जोड दिइएको थियो।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...