17 October ,2026,Saturday

दुर्गुणमाथि विजय प्राप्त गरेर मात्रै स्वस्थ, समृद्ध र सशक्त समाज निर्माण सम्भव : डा. शशि भूषण कुमार

ट्यागोर किड्स एन्ड हाई स्कुलमा भव्य डान्डिया समारोह, बालबालिकाले दिए विकृति र विसंगति अन्त्यको सन्देश

हाजीपुर (वैशाली) 17 oct. असाेज ३१। भारतको बिहारस्थित हाजीपुर सहरको ट्यागोर किड्स एन्ड हाई स्कुलमा नवरात्रिको पावन अवसरमा भव्य डान्डिया समारोह आयोजना गरिएको छ। विद्यालय परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

रंगीन तथा आकर्षक पारम्परिक पोसाकमा सजिएका बालबालिकाले मनमोहक डान्डिया नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई उत्सवमय बनाएका थिए।

कार्यक्रमको शुभारम्भ विद्यालयका निर्देशक तथा वरिष्ठ पत्रकार डा. शशि भूषण कुमारको सम्बोधनबाट भएको थियो। सम्बोधनका क्रममा उनले दुर्गापूजा असत्यमाथि सत्य र खराबीमाथि असलको विजयको प्रतीक भएको बताए। उनले यो पर्वले समाजमा विद्यमान अन्याय, कुरीति र विभिन्न विकृतिविरुद्ध उभिन प्रेरणा दिने उल्लेख गरे।डा. कुमारले विद्यार्थीहरूले माता दुर्गाको स्वरूपलाई सांकेतिक रूपमा प्रस्तुत गर्दै समाजलाई सकारात्मक सन्देश दिन खोजेको बताए। प्रत्येक व्यक्तिले आफ्नो क्षमता, विवेक र सकारात्मक सोचको उपयोग गरेर समाजमा रहेका विकृति तथा विसंगति अन्त्य गर्न योगदान दिन सक्ने उनको भनाइ थियो।

उनले सामूहिक प्रयासबाट मात्रै स्वस्थ, समृद्ध, सशक्त र विकसित समाज निर्माण गर्न सकिने उल्लेख गर्दै समाजमा शान्ति, सद्भाव र समृद्धि कायम गर्न सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका पारम्परिक डान्डिया नृत्यले उपस्थित दर्शकहरूको मन जितेको थियो। विद्यार्थीहरूसँगै शिक्षक–शिक्षिकाहरूले समेत नृत्यमा सहभागी भएर कार्यक्रमको रौनक बढाएका थिए।

समारोहले मनोरञ्जनसँगै भारतीय संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्त्वलाई उजागर गरेको थियो। विद्यालय परिवारका सदस्यहरूको उत्साहपूर्ण सहभागितामा नवरात्रिको पर्व हर्षोल्लासका साथ मनाइएको विद्यालयले जनाएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...