4 November ,2026,Wednesday

अक्षराम्भ कपमा मनकामना, विद्या सदन र सनलाइटको शानदार जित, विद्या सदन क्वार्टरफाइनलमा प्रवेश

अभिलाष गुप्ता
वीरगंंज, १८ कार्तिक । विद्यालयस्तरमा क्रिकेट प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन भइरहेको ‘अक्षराम्भ कप २०८३’ अन्तर्गत आज सम्पन्न तीनवटा खेलमा मनकामना माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय र सनलाइट माध्यमिक विद्यालय विजयी भएका छन्। आजको खेलमा उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शनसँगै व्यक्तिगत कीर्तिमानसमेत बनेका छन्। यसैबीच, लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको विद्या सदन माध्यमिक विद्यालय क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ।सनलाइट माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय तथा न्यू वेभ माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा माउन्ट मकालु र मनकामना माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा मनकामना माध्यमिक विद्यालयले ५० रनको जित दर्ता गर्‍यो। मनकामनाका इम्ताज हवारीले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाए। उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरियो। यससँगै इम्ताज प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन्।त्यसैगरी, दोस्रो खेलमा विद्या सदन माध्यमिक विद्यालयले डीपीएसलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। विद्या सदनका जाहिद अन्सारीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै ५८ रन बनाउनुका साथै ५ विकेटसमेत लिन सफल भए। ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका अन्सारी म्यान अफ द म्याच घोषित भए। यस जितसँगै विद्या सदनले प्रतियोगिताको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

आजको तेस्रो खेल अर्थात् म्याच नम्बर १० मा लिटिल फ्लावर र सनलाइट माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सनलाइट माध्यमिक विद्यालयले १० विकेटको शानदार जित हासिल गर्‍यो। सनलाइटका फरान हवारीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले खेलमा ह्याट्रिकसमेत पूरा गर्न सफल भए। उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरियो।आजका खेलसँगै प्रतियोगितामा केही महत्त्वपूर्ण व्यक्तिगत तथा टिमगत कीर्तिमानसमेत कायम भएका छन्। मनकामनाका इम्ताज हवारी प्रतियोगिताको पहिलो अर्धशतक बनाउने खेलाडी बनेका छन् भने विद्या सदनका जाहिद अन्सारीले ५८ रन बनाउनुका साथै एकै खेलमा ५ विकेट लिने उपलब्धि हासिल गरेका छन्। त्यस्तै, सनलाइटका फरान हवारीले ह्याट्रिक गर्दै प्रतियोगितामा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन्।

प्रतियोगितामा हालसम्म विद्या सदन माध्यमिक विद्यालयले एकै इनिङमा १५० रन बनाउँदै सर्वाधिक रनको कीर्तिमान आफ्नो नाममा राखेको छ। आजको जितसँगै विद्या सदन क्वार्टरफाइनलमा प्रवेश गरेपछि प्रतियोगिताको आगामी चरण थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।भोलि तीन खेल हुँदै प्रतियोगिताअन्तर्गत भोलि कार्तिक १९ गते म्याच नम्बर ११, १२ र १३ का खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ।भोलिका खेलहरूमा म्याच नम्बर ११ मा मिनी ल्यान्ड सेकेन्डरी स्कुल र पीस जोन सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा हुनेछ। म्याच नम्बर १२ मा कादम्बरी एकेडेमी र जीएसपी सेकेन्डरी स्कुल आमनेसामने हुनेछन् भने म्याच नम्बर १३ मा ज्ञानोदय सेकेन्डरी स्कुल र ओम नेशनल सेकेन्डरी स्कुलबीच खेल हुनेछ।

विद्यालयस्तरमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूको पहिचान, खेलकुदप्रतिको आकर्षण अभिवृद्धि तथा विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको अक्षराम्भ कपले पछिल्लो समय दर्शक तथा खेलप्रेमीहरूको ध्यान आकर्षित गर्दै गएको छ। आगामी खेलहरूसँगै क्वार्टरफाइनल प्रवेशका लागि विद्यालयहरूबीचको प्रतिस्पर्धा थप रोचक बन्ने अपेक्षा गरिएको छ।प्रतियोगिता सनलाइट माध्यमिक विद्यालय, विद्या सदन माध्यमिक विद्यालय र न्यू वेभ माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ।

 

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...