7 November ,2026,Saturday

वीरगंजको नगवास्थित बोधिमाई मन्दिर परिसरमा निःशुल्क आँखा शिविर सम्पन्न, २ सयभन्दा बढीले गराए परीक्षण

अभिलाष गुप्ता 

वीरगंज, २१ कार्तिक । वीरगंज महानगरपालिका–१६ स्थित नगवा पोखरी परिसरमा रहेको बोधिमाई मन्दिरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा २ सयभन्दा बढी स्थानीय बासिन्दाले निःशुल्क आँखा परीक्षण गराएका छन्।

‘स्वस्थ आँखा : उज्यालो भविष्य, आँखाको जाँच गरौँ, दृष्टि सुरक्षित राखौँ’ भन्ने मूल नाराका साथ आयोजित शिविरको उद्देश्य स्थानीय बासिन्दालाई आँखाको स्वास्थ्यप्रति सचेत बनाउनुका साथै आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचारका लागि प्रोत्साहित गर्नु रहेको थियो।

इन्क्रेडिबल वीरगंजको आयोजनामा तथा वीरगंज दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा सहभागी स्थानीय बासिन्दाले आँखाको परीक्षण गराउनुका साथै आँखासम्बन्धी विभिन्न समस्याबारे चिकित्सकीय परामर्शसमेत प्राप्त गरेका थिए।

विशेषगरी आँखाको दृष्टिमा समस्या भएका, नियमित परीक्षण गराउन नपाएका तथा आँखा सम्बन्धी विभिन्न समस्या भोगिरहेका स्थानीय बासिन्दालाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासीले शिविरबाट लाभ लिएका थिए।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष परशुराम चौरसिया, सशस्त्र प्रहरी वीरगंज भन्सारका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम महर्जन, इलाका प्रहरी कार्यालय नगवाका इन्चार्ज, इन्क्रेडिबल वीरगंजका सदस्यहरू, स्थानीय युवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथि तथा स्थानीयवासीले समुदायस्तरमा यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन हुनु सकारात्मक रहेको बताउँदै यसले सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने धारणा राखेका थिए।

आयोजक संस्था इन्क्रेडिबल वीरगंजले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै जनहितका स्वास्थ्य, शिक्षा तथा सामाजिक सचेतना सम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

स्थानीय स्तरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने यस्ता अभियानले सर्वसाधारणमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...