29 November ,2026,Sunday

प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित गर्न माग गर्दै पर्सामा पत्रकार महासंघको एक घण्टे धर्ना

वीरगंंज, १३ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको हकहित र सञ्चारमाध्यमको अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले देशव्यापी विरोध कार्यक्रमअन्तर्गत आइतबार पर्सामा एक घण्टे धर्ना दिएको छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्सास्थित क्लासिक बैंक्वेटमा रहेको पार्टी कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको हो।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गर्नेमाथि हालसम्म कारबाही नभएको भन्दै विरोध जनाएको छ।

त्यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयमा पनि महासंघले गम्भीर आपत्ति जनाएको छ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पूर्व सचिव दीपेन्द्र चौहानलगायतले पत्रकार तथा सञ्चारमाध्यमले भोगिरहेका समस्या र प्रेस स्वतन्त्रतामाथि भइरहेका हस्तक्षेपका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा ऐक्यबद्धता जनाउँदै रास्वपाका पर्सा जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य हरिपन्तले संसद्मा समेत लोककल्याणकारी विज्ञापन कटौतीको विषय उठाएको बताए। उनले आफ्नो पार्टी तथा सरकार श्रमजीवी पत्रकारको सुरक्षा, अधिकार र सञ्चार क्षेत्रको विकासको पक्षमा रहेको उल्लेख गर्दै पत्रकारले उठाएका माग तथा समस्यालाई पार्टीको केन्द्रीय कमिटी र सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

धर्ना कार्यक्रममा पर्सास्थित विभिन्न पत्रकार संगठनका अध्यक्ष, प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजय चौहानले गरेका थिए।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...