29 November ,2026,Sunday

लोकसभा सिट सङ्ख्या बढाउने सरकारको निर्णयप्रति सरोकार मञ्चद्वारा आभार व्यक्त

भारत रक्सौल, १३ मंसिर । लोकसभा निर्वाचन क्षेत्रको विस्तार तथा सिट सङ्ख्या बढाउने मागलाई लिएर सरोकार मञ्चले अघि सारेको पहललाई भारत सरकारले सकारात्मक रूपमा स्वीकार गरेको छ। मञ्चले लामो समयदेखि लोकसभा निर्वाचन क्षेत्रको भौगोलिक आकार र जनसङ्ख्याको अनुपातलाई ध्यानमा राख्दै सिट सङ्ख्या बढाउन माग गर्दै आएको थियो। सरकारको यस निर्णयप्रति मञ्चका अध्यक्ष सेवक सौरभ नाथले भारत सरकारप्रति आभार व्यक्त गरेका छन्।

मञ्चका अध्यक्ष सेवक सौरभ नाथले यस सम्बन्धमा केन्द्रीय गृहमन्त्री, संसदीय मामिलामन्त्री, मुख्य निर्वाचन आयुक्त तथा कानुन एवं न्याय मन्त्रालयलाई पत्र पठाउँदै लोकसभाको कुल सिट सङ्ख्या बढाउन सुझाव दिएका थिए।

ज्ञापनपत्रमा धेरै लोकसभा निर्वाचन क्षेत्र भौगोलिक दृष्टिले निकै ठूला र लामो रहेको उल्लेख गरिएको थियो। यस्ता क्षेत्रमा जनप्रतिनिधिहरूलाई सबै ठाउँमा पुग्न तथा समान रूपमा विकासका कामलाई अगाडि बढाउन कठिनाइ हुने गरेको तर्क प्रस्तुत गरिएको थियो। यसका कारण कतिपय क्षेत्र विकासका दृष्टिले पछाडि पर्ने अवस्था रहेको पनि उल्लेख गरिएको थियो।

मञ्चले २ मार्च २०२६ मा पठाएको मागपत्रको जवाफमा कानुन एवं न्याय मन्त्रालयले २७ अप्रिल २०२३ मा पठाएको पत्रमा यस मागलाई तार्किक र सकारात्मक बताएको थियो। मन्त्रालयले यस विषयमा सरकार विचाराधीन रहेको तथा सन् २०२६ मा संसद्मा विधेयक ल्याएर पारित गराउने सम्भावनाबारे जानकारी गराएको थियो।

मञ्चका अध्यक्ष नाथले उक्त पत्र प्राप्त भएको सात महिनापछि अन्ततः भारत सरकारले २७ नोभेम्बर २०२६ मा संसद्मा लोकसभा तथा विधानसभा सिट सङ्ख्या बढाउने सम्बन्धमा विधेयक प्रस्तुत गरेको बताए। प्रस्तावअनुसार लोकसभाको हालको ५४३ सिट सङ्ख्या बढाएर ८१५ पुर्‍याउने र विधानसभाको सिट सङ्ख्या ५०० बाट बढाएर ६५० पुर्‍याउने प्रस्ताव गरिएको छ। उनले सरकारद्वारा आफ्नो प्रतिबद्धता पूरा गर्ने दिशामा चालिएको यस कदमलाई मञ्चको मागका लागि महत्त्वपूर्ण उपलब्धि बताए।

सेवक सौरभ नाथले लोकसभा तथा विधानसभा निर्वाचन क्षेत्रको विस्तार र सिट सङ्ख्या वृद्धि भएपछि जनप्रतिनिधिहरूमाथि रहेको क्षेत्रीय जिम्मेवारीको भार कम हुने बताए। यसबाट जनताका समस्या प्रभावकारी रूपमा संसद्सम्म पुर्‍याउन र विकास निर्माणका कामलाई गति दिन सहयोग पुग्ने उनको भनाइ थियो।

उनले भविष्यमा कुनै पनि क्षेत्र विकासको मूलधारबाट वञ्चित नहोस् भन्ने अपेक्षासमेत व्यक्त गरे।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...